LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । केही दिनयता मौसममा आएको परिवर्तन र भारी वर्षाको चेतावनीसँगै मधेस प्रदेश सरकार पुर्व तयारीमा जुटेको छ ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री जितेन्द्र सोनलले बुधवार प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठक गरि त्यसको तयारीमा जुटन सुरक्षा निकाय तथा सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सोनलको अध्यक्षतामा भएको प्रदेश विपद् व्यवस्थापन समिसितको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाका अधिकारीहरुको सहभागिता रहेको थियो । बैठकमा भारतको उडिसाबाट सुरु भएको मोन्था चक्रवातको प्रभाव बिहीबारदेखि प्रदेशमा पर्ने भएकाले त्यसको पूर्वतयारीका विषयमा छलफल गरिएको थियो।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि शनिबारसम्म प्रदेशभर मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । यस्तो अवस्थामा सर्वसाधारणलाई सतर्क रहन मुख्यमन्त्री सोनलले आग्रह गरेका छन् ।
मुख्यमन्त्री सोनलले प्रदेशका मुख्य नदीहरू सप्तकोशी, बागमती, कमला, रातु र लखनदेहीको जलस्तर खतराको सीमाभन्दा माथि पुग्ने सम्भावना रहेको हुँदा तटीय बस्तीहरूको सुरक्षाका लागि प्रदेश सरकार उच्च सतर्कतामा रहेको बताए । मुख्यमन्त्री सोनलले ति नदीका किनारामा रहेका वस्तीहरुलाई सुरक्षाको जोखिमलाई मध्यनगजर गर्दै तत्काल सार्वजनिक धर्मशाला, स्कुल तथा सार्वजनिक भवनहरुका सर्न समेत अपलि गरेका छन् ।

मुख्यमन्त्री सोनलले विपद् जोखिम न्यूनीकरणका लागि अधिकतम प्रयास गरिने र उपलब्ध सबै जनशक्ति तथा स्रोत साधन परिचालन गरिने प्रतिबद्धता जनाए ।

सम्बन्धित खबर