LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त भएका छन् ।

माओवादी केन्द्रका संयोजक पुष्प कमल दाहाल (प्रचण्ड) ले मधेश प्रदेश सरकार पुर्व अर्थ र गृह मन्त्री समेत रहेका साहलाई आज सोमवार मधेस प्रदेश सभाकोे संसदीय दलको नेता नियुक्त गरेका हुन् ।
मधेस प्रदेश सभाको सभामुख रामचन्द्र मण्डललाई पत्र लेख्दै प्रचण्डले साहलाई पार्टीको तर्फबाट मधेस प्रदेश संसदीय दलको नेतामा पुनस्र्थापित गर्ने निर्णय भएका पत्र समेत पठाएका छन् ।

प्रचण्डले सभामुख मण्डलको सचिवालयलाई पठाएको पत्रमा भनिएको छ,‘ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलको नेतामा माननीय भरतप्रसाद शाहलाई पुनस्र्थापित गर्ने निर्णय भएकाले उहाँलाई दल नेता कायम गरी दलको तर्फबाट प्रतिनिधित्व गराउनु हुन अनुरोध छ ।’ केहि महिना अघि साहलाई वहुमत साँसदको विरोधका कारण पार्टीले दलको नेताबाट राजिनामा दिन लगाएका थिए ।

सम्बन्धित खबर