LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम । गत शुक्रवारदेखि सुरु भएको अत्यधिक चिसो र शितलहरका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले एक दिनका लागि नगरभित्रका पठनपाठन बन्द गरेको छ ।
उपमहानगरपालिकाले आज बुधवार सुचना जारी गरि शुक्रबार ११ पुसमा एक दिनका लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ ।

बढ्दो चिसोका कारण विद्यार्थीको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न उक्त निर्णय गरिएको जनाइएको छ । यस शैक्षिक सत्रको शैक्षिक क्यालेन्डरअनुसार १७ पुष गतेदेखि माघ २ गतेसम्म तोकिएको जाडो बिदाबाट कट्टा हुने गरी शुक्रवारको विदा व्यवस्थापन गरिएको सुचनामा उल्लेख छ ।

साथै, मौसममा सुधार नआए थप जाडो बिदाको निर्णय गरी पुनः सूचना प्रकाशित गरिने उपमहानगरपालिकाले जनाएको छ । शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयद्वारा जारी सूचनाको बोधार्थ जिल्ला प्रशासन कार्यालय धनुषा, शिक्षा विकास तथा समन्वय इकाई धनुषा तथा सम्बन्धित शैक्षिक संस्थामा पठाइएको छ ।

सम्बन्धित खबर