LIVE
एक लाख घुससहित सर्लाहीमा नायव सुब्बा पक्राउ | कर्मचारी सरुवामा विभेद र राजनीतिक हस्तक्षेपको आरोप, चुरे संरक्षण अभियान आन्दोलित | १९ वर्षदेखि अधुरो रामजानकी रंगशाला ः बजेट आयो, खर्च भएन ः अब वार्षिक २५ करोड लगानीको तयारी | विद्युत् प्राधिकरण बाधक बन्दा अलपत्र भयो मधेशको सौर्य सपना | चक्रवातको सम्भावना ः पाकेको धान काटन महोत्तरी प्रशासनको आग्रह | | एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा |

जनकपुरधाम ।ऐलानी जग्गा अतिक्रमण गरी सतलोक आश्रम ९रामपाल आश्रम० निर्माण गरिएको आरोपसँगै सुरु भएको विवाद उग्र बन्दा शनिबार जनकपुर–ढल्केवर सडक खण्ड तनावग्रस्त बनेको थियो।

धनुषाको मिथिला नगरपालिका–२ मा रहेको उक्त आश्रमलाई लिएर स्थानीय बासिन्दा र आश्रम पक्षबीच झडप भएपछि स्थिति नियन्त्रण बाहिर गएको हो। स्थानीयका अनुसार ऐलानी जग्गा कब्जा गरी आश्रम निर्माण गरिएको भन्दै लामो समयदेखि विरोध हुँदै आएको थियो।

शनिबार विरोध प्रदर्शनका लागि आश्रम पुगेका स्थानीयमाथि आश्रमभित्रबाट आक्रमण भएपछि अवस्था थप तनावपूर्ण बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ। जसअन्तर्गत नेपाल प्रहरीले ७ र सशस्त्र प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता एवम् डीएसपी गणेश बमले जानकारी दिए।

झडपमा एक प्रहरीसहित ९ जना घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। प्रवक्ता बमका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ।
प्रहरीले अश्रुग्यास प्रहार गरेपछि दुवै पक्षका प्रदर्शनकारी तितरबितर भएपछि ठप्प रहेको यातायात सुचारु भएको उनले बताए ।

सम्बन्धित खबर