LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता तथा पुर्वउपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । पार्टी नेता, कार्यकर्ता तथा समर्थकहरूसहित जुलुशसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका निधिले आफ्ना पुरानै निर्वाचन क्षेत्रमाउम्मेदवारी दर्ता गराएका हुन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन राजपाका उम्मेदवार राजेन्द्र महतोसँग पराजित भएका निधि २०७९ सालको निर्वाचनमा भने नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । प्रत्यक्ष निर्वाचनमार्फत पुनः जनताको मत लिएर संसद् पुग्ने लक्ष्यसहित आफु चुनावी मैदानमा उत्रिएको उनले बताए ।

निधीसँग नेकपा एमाले नेतृ तथा नेकपा एमालेका सहसचिव रघुविर महासेठकी समेत रहेकी जुलीकुमारी महतो, जसपाबाट पुर्व प्रदेश साँसद परमेश्वर साह, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मनिष झा र राष्ट्रिय मुक्ति दलबाट राजिव कुमार झासहितले प्रतिस्पर्धा गर्ने छ । त्यसैगरि, सो क्षेत्रमा नेकपाबाट रामललित मण्डलसहित ४१ जनाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरि, धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका पुर्व सहमहामन्त्री तथा मन्त्री महेन्द्र यादव, नेकपा एमालेका सहमहासचिव रघुविर महासेठ बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस अघि महासेठले महेन्द्र यादवलाई पराजित गरेका थिए । सो क्षेत्रमा नेकपाले संजय कुमार महतोलाई उम्मेदवार बनाएको छ ।क्षेत्र नम्बर ४ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएको धनुषाका मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

त्यसैगरि, धनुषा निर्वाचन क्षेत्रमा १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मातृका प्रसाद यादव, जसपाका दिपक कार्की, नेकपा एमालेबाट पुर्व मधेश प्रदेश सभामुख रामचन्द्र मण्डल, नेपाली काँग्रेसबाट रामपल्टन साहसहित ३३ जनाले उम्मेदवारी दिएका छन् ।
त्यसैगरि, धनुषा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसबाट दिनेश प्रसैला यादव, नेकपा एमालेबाट उमाशंकर अरगडिया, नेपाली कम्युनिष्ट पार्टीबाट पुर्व मन्त्री रामचन्द्र झा, जसपाबाट पशुपति यादव सहित ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


उम्मेदवारी दर्ताअघि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै निधिले संघीय लोकतन्त्रको सुदृढीकरण, मधेशको पहिचान र अधिकारको संरक्षण तथा जनताको दैनिकीसँग जोडिएका विकासका मुद्दालाई मुख्य एजेन्डा बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए । उनले विगतमा जनताबाट प्राप्त अनुभव र सिकाइलाई आधार बनाएर यसपटक धनुषा–३ को समग्र विकासका लागि दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिनिधी सभाको ४ सिट रहेको धनुषामा १४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नयाँ दलहरु हावा मात्रै हो ः नेता निधी
नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधीले नयाँ पार्टीहरु हावा मात्रै रहेको बताएका छन् ।

ध्नुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवारी दिन पुगेका निधीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो कुरा बताएका हुन् । उनले भने,‘ नयाँ पार्टीहरुको हावा मात्रै हो । यसले हल्ले अवस्था होईन, मधेशमा नेपाली काँग्रेसको मात्रै राम्रो अवस्था रहन्छ ।’ नेपाली काँग्रेसले मधेश प्रदेशमा बहुमत सिट ल्याउने उनले दावि समेत गरे ।

सम्बन्धित खबर