LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवले पहिलो पटक प्रदेश सभाको बैठक मैथिली भाषाबाट सञ्चालन गर्दै नयाँ अभ्यासको शुरुवात गरेका छन् ।
प्रदेश सभा स्थापना भएको करिब आठ वर्षपछि सभामुख यादवले मातृभाषामा सभाको कार्यसूची अघि बढाउँदै सभाको उद्देश्य र भूमिकाबारे धारणा राखेका हुन् ।
बैठकको प्रारम्भिक चरणमा मैथिली भाषा प्रयोग गरिए पनि दोस्रो चरणदेखि भने बैठक नेपाली भाषामा सञ्चालन गरिएको थियो । सभामुख यादवले मधेश प्रदेशको कामकाजी भाषा अहिलेसम्म औपचारिक रूपमा तोकिएको नभएकाले दुवै भाषालाई समेट्ने प्रयास गरिएको बताए ।
प्रदेश सभाको पहिलो बैठकमै भाषाको विषयलाई लिएर विवाद उत्पन्न नहोस् भन्ने उद्देश्यले यस्तो अभ्यास अपनाइएको सभामुख यादवको भनाइ छ । उनले मातृभाषाको सम्मान र सबै सदस्यलाई सहज हुने वातावरण निर्माण गर्नका लागि मैथिली र नेपाली दुवै भाषाको प्रयोग गरिएको बताए ।

सम्बन्धित खबर