LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । प्रतिनिधिसभा निर्वाचनको मुखमा राष्ट्रिय मुक्ति पार्टीलाई ठूलो झट्का लागेको छ । चुनावको मुखमा राष्ट्रिय मुक्ति पार्टीका कार्यकारिणी सदस्य संजय सिंहसहितका नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

राष्ट्रिय मुक्ति पार्टीका विश्वास पात्र मानिएका कार्यकारिणी सदस्य संजय सिंह, केन्द्रीय सचिव संजय चौधरी तथा धनुषा जिल्ला कार्यसमितिका उपाध्यक्ष वीरेन्द्र पासवानसहित एक सय ४४ जना जसपा नेपालमा प्रवेश गरेका हुन् । उनीहरूलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जनकपुर पुगेर पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेशको कार्यक्रममा जसपा नेपालका अध्यक्ष यादवले निर्वाचन क्षेत्र बाँडफाँँडमा मधेससँग विभेद गरिएको आरोप लगाए ।

आफ्नो निर्वाचन क्षेत्र सप्तरी–३ मा एक लाख ७७ हजार जनसंख्या रहेको बताउँदै उनले भने, ‘तर पहाडमा १२र१३ हजारमा जनसंख्या भएको क्षेत्रमा एउटा सिट बाँडिएको छ ।’ मधेसमा ६० प्रतिशत जनसंख्या भए पनि निर्वाचन क्षेत्र थोरै तोकिएको उनले दाबी गरे ।

संघीयता, पहिचान, समावेशीतासहितका मुद्दा संकटमा परेको दाबी गरेका छन् । संघीयता, पहिचान, समावेशी मधेशी शब्दको पर्यायवाची बनेको भन्दै उनले भने, ‘जब मधेस र मधेशीको सवालमा आउँदा कांग्रेस, एमाले, घण्टीसहितका दलहरू एकै ठाउँमा हुन्छ ।’

विभिन्न आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने षड्यन्त्र भईरहेको भन्दै उनले मधेशी समुदाय एकजुट हुनु आवश्यक रहेको बताए । अब मधेसलाई अधिकारसँगै विकासको आवश्यकता रहेको उनको भनाई छ ।

कार्यक्रममा जसपा नेपालका प्रवेश गरेका संजय सिंहले ३० वर्षदेखि मधेसवादको राजनीतिक गर्दै आएकोमा आफ्ना पार्टी राष्ट्रिय मुक्ति पार्टी नेपालले बाटो बिराएका कारण जसपा नेपालमा प्रवेश गरेको बताए । संजय सिंह, संजय चौधरीसहितको प्रवेशले धनुषामा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवारहरुलाई ठूलो झटका लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित खबर