जनकपुरधाम । रौतहटमा गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । गाडीको ठक्करबाट इशनाथ नगरपालिका–४ मठिया टोलस्थित मजिस्द नजिकै खेलिरहेकी स्थानीय मोहम्मद सगिर आलमकी ४ वर्षीया छोरी अरफा खातुनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी विष्णुप्रसाद बस्यालका अनुसार बा १५ च ४२४४ नम्बरको कारले ती बालिकालाई ठक्कर दिएको थियो । त्यसपछि त्यही कारमा राखेर ती बालिकालाई गौरको सिटी अस्पतालमा लगिएको थियो ।

रौतहट निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को चुनावी प्रचारप्रसारका लागि हिँडेको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको हो । बालिकालाई अस्पताल पुर्याएपछि चालक भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भईरहेको डीएसपी बस्यालले जानकारी दिए । गाडी भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार सो गाडी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को उम्मेदवारको प्रचारका लागि प्रयोग भएको पाइएको छ । गाडीमा रास्वपाको स्टिकर टाँसिएको अवस्थामा फेला परेको हो ।
रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सगिर आलम हुन् । घटना भएको समयमा उनी गाडीमा सवार रहेको वा नरहेको विषयमा अहिलेसम्म खुल्न नसकेको रौतहट प्रहरीले जनाएको छ ।






