LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रदेशहरूको कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेश फेरि सबैभन्दा कमजोर देखिएको छ । आयोगका अनुसार मधेशले सबैभन्दा कम २७.२८ अंक प्राप्त गरेको हो ।

११ वटा सूचकका आधारमा गरिएको मूल्यांकनमा मधेश प्रदेशले पाँच सूचकमा शून्य अंक पाएको छ । बेरुजु अवस्था, सशर्त अनुदान वितरणको आधार कार्यान्वयन नगरेको, सवारी साधन करको ४० प्रतिशत रकम स्थानीय तहमा मासिक रूपमा जम्मा नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा समयमै सार्वजनिक नगरेको तथा वायु गुणस्तर र वन क्षेत्र विस्तारसम्बन्धी सुचकमा शून्य अंक आएको आयोगले जनाएको छ ।

आयोगका अनुसार चालु आर्थिक वर्षमा सुदूरपश्चिम ४५.७० अंकसहित पहिलो नम्बरमा छ भने कोशी ४४.२९ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरि बागमती (४२.४६), गण्डकी (३७.९१), लुम्बिनी (३४.७१) र कर्णाली (३२.२६) क्रमशः रहेका छन्। सातै प्रदेशले गत वर्षको तुलनामा कम अंक प्राप्त गरेका आयोगको प्रतिवेदनमा उल्लेख छ ।

कार्यसम्पादनमा मधेश प्रदेशको अंक निरन्तर घट्दो क्रममा छ । आर्थिक वर्ष २०७८÷७९ मा ४५ अंक ल्याएको मधेश प्रदेशले आर्थिक वर्ष २०७९÷८० मा ३७.३१ र २०८०÷८१ मा ३० अंकमा झरेको थियो। चालु मूल्यांकनमा यो घटेर २७.२८ मा पुगेको छ । यस गिरावटका कारण आगामी आर्थिक वर्ष २०८३÷८४ मा संघीय अनुदानमा कटौती हुने संकेत देखिएको छ। आयोगले चालु आवमा प्रदेश तथा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान स्वरूप ७ अर्ब ७२ करोड १९ लाख रुपैयाँ सिफारिस गरेको छ ।
लगातार कमजोर प्रदर्शनका कारण मधेश प्रदेशमा वित्तीय अनुशासन, पारदर्शिता र नीति कार्यान्वयनमा सुधार गर्न आयोगले सुझाएको छ ।

सम्बन्धित खबर