LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का दुई पुर्व संघीय सांसदले पार्टी परित्याग गरेका छन्।

शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै जानकी देवी राम र सञ्जना थपलियासहित आधा दर्जन नेताले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । उनीहरूले पार्टीभित्र बढ्दो स्वेच्छाचारिता, व्यक्तिवादी कार्यशैली, विधि–पद्धति र सिद्धान्तबाट विचलन तथा आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकोप्रति असन्तुष्टि जनाएका छन् ।

सिरहाकी जानकी देवी राम २०७४ को निर्वाचनपछि रिक्त समानुपातिक कोटाबाट २०७७ चैत २२ गते संसद प्रवेश गरेकी थिइन् । सञ्जना थपलिया २०७९ को निर्वाचनबाट समानुपातिक सांसद निर्वाचित भएकी थिइन् ।

पार्टी त्याग गर्ने अन्य नेतामा जिल्ला कमिटी सचिवालय सदस्य तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य फुलेन्द्र नायक, नेपाल उद्योग व्यवसायी महासंघ सिरहा अध्यक्ष पशुपति साह, नगर कमिटी सदस्य लक्ष्मण यादव र वडा नं। ९ कमिटी सदस्य वीरेन्द्र झा रहेका छन्।

विज्ञप्तिमा उनीहरूले करिब ३५ वर्षदेखि संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन र जनसेवामा योगदान दिएको उल्लेख गर्दै नेतृत्वले सुधारका लागि उठाइएका रचनात्मक सुझावलाई बेवास्ता गरेको आरोप लगाएका छन् । विचारभन्दा व्यक्तिको वर्चस्व हाबी हुँदै गएकाले बाध्य भएर आफुहरुले पार्टीसँगको सम्बन्ध विच्छेद गरेको उनीको भनाई छ । यद्यपि, उनीहरूले आगामी राजनीतिक यात्रा कुन दलबाट अघि बढाउने भन्नेबारे खुलाएका छैनन् ।

सम्बन्धित खबर