LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर–जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिनका लागि पूर्ण रूपमा बन्द गर्ने जनाएको छ ।

कम्पनीको केन्द्रीय कार्यालयले जारी गरेको सूचना अनुसार २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका अवसरमा शान्ति–सुरक्षा प्रत्याभूति गर्ने उद्देश्यले १९ फागुनदेखि २१ फागुन (बिहीबार) सम्म भंगाहा–जनकपुर–जयनगर खण्डमा सञ्चालित रेल सेवा बन्द रहनेछ । साथै, २२ फागुन (शुक्रबार) देखि साविक बमोजिम नियमित रेल सेवा सञ्चालनमा आउने सूचनामा उल्लेख गरिएको छ ।

यसैबीच, प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले धनुषाका भारतसँग जोडिएका सबै सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचना अनुसार निर्वाचनलाई लक्षित गर्दै १८ देखि २१ प्mागुन राति १२ बजेसम्म जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहनेछन् ।

मतदान अवधिभर आवतजावतमा नियन्त्रण गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सीमा बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ । अत्यावश्यक सेवाबाहेक सीमा पार आवागमन पूर्ण रूपमा रोक लगाइने जनाइएको छ ।
निर्वाचन प्रक्रिया भयरहित र निष्पक्ष बनाउन सुरक्षा निकायसँग समन्वय गरी सीमा क्षेत्रमा निगरानी कडा पारिने सूचनामा उल्लेख छ ।

प्रशासनले सर्वसाधारण, व्यवसायी तथा सरोकारवालालाई सो अवधिमा यात्रा र ढुवानी व्यवस्थापनका लागि अग्रिम तयारी गर्न आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालद्वारा हस्ताक्षरित सूचनामा निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ ।

सम्बन्धित खबर