LIVE
मत्तरीको सिमावर्ति क्षेत्रमा ६ हजार किलो स्याउसहित तीन सवारी नियन्त्रणमा | कमला नदीमा निर्माणाधीन पुल नजिकको डाइभर्सन फेरि बग्यो, आवतजावत अवरुद्ध | युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु |

जनकपुरधाम । सिरहा र धनुषा जोड्ने कमला नदीमाथि निर्माणाधीन पुल नजिक बनाइएको अस्थायी डाइभर्सन पुनः बाढीले बगाएको छ । शनिबार बिहान आएको बाढीले माटो तथा बालुवाले बनाइएको अस्थायी संरचना बगाएपछि दुई जिल्लाबीचको आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको हो।

केही दिनअघि परेको सामान्य वर्षाले क्षति पु¥याएको उक्त डाइभर्सन मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको थियो। तर, बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण कमला नदीमा पानीको बहाव बढ्दा डाइभर्सन फेरि बगाएको स्थानीयले बताएका छन्।
पुल क्षेत्रभन्दा करिब ३०० मिटर अगाडि बनाइएको अस्थायी बाँध बगेसँगै सयौं सवारीसाधन बाटोमै रोकिएका छन्। यसले यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ भने स्थानीयवासी दैनिक आवतजावतमा समस्या भोगिरहेका छन्।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार निरन्तर वर्षा र नदीमा बढ्दो बहावका कारण अस्थायी संरचना धान्न सकेन। “हाल पानीको सतह उच्च रहेकाले वास्तविक अवस्था बुझ्न कठिन छ। पानी घटेपछि नगरपालिकाको सहयोगमा जेसीबी प्रयोग गरी पुनः डाइभर्सन निर्माण गरिनेछ,” उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक वासुदेव पाठकका अनुसार सुरक्षालाई ध्यानमा राख्दै घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। जोखिम बढेकाले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। हुलाकी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीलाई अन्य सुरक्षित बाटो प्रयोग गर्न निर्देशन दिइएको छ ।

कमला नदीमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। २०६८ साल जेठमा पप्पु–लुम्बिनी जेभीसँग करिब २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको उक्त पुल २०७१ मंसिरमै सम्पन्न हुनुपर्ने थियो। तर, हालसम्म काम पूरा नभई पटक–पटक म्याद थप हुँदै आएको छ।

निर्माणकै क्रममा २०७८ असार १७ गते आएको बाढीले पुलका दुईवटा जग भासिँदा चार स्ल्याबमा क्षति पुगेको थियो। तीमध्ये सिरहातर्फका दुई स्ल्याब हटाइसकिएको छ भने धनुषातर्फका दुई स्ल्याब सुरक्षित रहेको प्राविधिक अध्ययनले देखाएको छ।

सम्बन्धित खबर