LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम। जानकी मेडिकल कलेजका अध्यक्ष तथा रामजानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पाण्डेलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेज परिसरबाट नियन्त्रणमा लिएको हो ।

उनीमाथि बैंकबाट लिएको कर्जाको दुरुपयोग गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार उच्च अदालत पाटनबाट पक्राउ अनुमति प्राप्त भएपछि पाण्डेविरुद्धको अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले कृत्रिम व्यावसायिक संस्था खडा गरी आवश्यक प्रक्रिया पूरा नगरी कर्जा लिएको, धितो सम्पत्तिको मूल्य अस्वाभाविक रूपमा बढाएर देखाई ऋण स्वीकृत गराएको तथा कर्जा रकम तोकिएको उद्देश्यभन्दा फरक क्षेत्रमा खर्च गरेको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार पाण्डेसँग सम्बन्धित संस्थाले प्रभु बैंकबाट लिएको कर्जाको प्रयोग र व्यवस्थापनमा गम्भीर अनियमितता देखिएपछि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान सुरु गरिएको हो ।

सन् २००३ मा स्थापना भएको जानकी मेडिकल कलेज रामजानकी हेल्थ फाउन्डेसनद्वारा सञ्चालित शिक्षण संस्था हो । पछिल्लो घटनाले मेडिकल कलेज प्रशासन र वित्तीय कारोबारको पारदर्शितामाथि समेत प्रश्न उठाएको छ ।

प्रहरीले घटनासम्बन्धी थप प्रमाण संकलन तथा अन्य पक्षमाथि पनि अनुसन्धान जारी रहेको जनाएको छ ।

सम्बन्धित खबर