LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२३ बेला निवासी हमीद रेजाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

कतारमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका रेजाले विपद्को यस कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिने उद्देश्यले उक्त रकम सहयोग गरेका हुन् । मातृभूमिमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको पीडामा केही भए पनि मल्हम लगाउन सकियोस् भन्ने भावनाले आफूले सहयोग गरेको रेजाले बताएका छन् ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने कैयौँ परिवार प्रभावित भएका छन् । बाढीका कारण आफन्त गुमाएका, बेपत्ता भएका तथा घर–सम्पत्ति गुमाएका नागरिक अहिले राहत र पुनःस्थापनाको पर्खाइमा छन् । यस्तो अवस्थामा सरकार, विभिन्न संघसंस्था तथा व्यक्तिगत तहबाट राहत तथा सहयोग जुटाउने क्रम जारी छ ।

रेजाले विदेशमा रहेर व्यवसाय सञ्चालन गरिरहे पनि देशमा परेको विपद्का बेला आफू पनि पीडित नागरिकसँगै रहेको अनुभूति गराउन सहयोग गरेको बताएका छन् । उनले विपद्को समयमा आर्थिक अवस्था मजबुत भएका व्यक्ति, व्यवसायी तथा संघसंस्थाले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

‘विपद् कुनै एक व्यक्ति वा परिवारको मात्र समस्या होइन, यो सम्पूर्ण समाज र राष्ट्रको साझा पीडा हो,’ रेजाले भनेका छन्, ‘यस्तो कठिन समयमा पीडितको दुःखमा साथ दिनु हाम्रो मानवीय दायित्व हो । आफ्नो मातृभूमि र आफ्ना नागरिकलाई परेको पीडामा सकेको सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’

रेजाको सहयोगले विपद्का बेला स्वदेश तथा विदेशमा रहेका नेपालीबीचको मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई समेत उजागर गरेको छ ।

सम्बन्धित खबर