LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

नेपालमा आएको विनाशकारी बाढीका कारण हजारौं नागरिक प्रभावित बनेपछि देश–विदेशबाट सहयोग जुट्ने क्रम जारी छ। यसैबीच भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लाका १० वर्षीय बालक अल्फाज शेखले देखाएको मानवीय कार्यले सबैको मन छोएको छ।

विशुनपुरा ब्लकअन्तर्गत बेतिया गाउँ निवासी अल्फाज शेख आफ्नो बचतले भरिएको गुल्लक बोकेर जिल्ला अधिकारी ९डीएम० महेन्द्र सिंह तंवरको कार्यालय पुगे। उनले नेपालका बाढीपीडितको राहत तथा उद्धारमा सहयोग पुग्ने विश्वासका साथ आफ्नो सम्पूर्ण बचत रहेको गुल्लक जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

सानो उमेरमै देखाएको उनको उदारता र सामाजिक उत्तरदायित्वको भावनाले धेरैलाई प्रेरित गरेको छ। विपद्को समयमा सहयोग रकमको आकारभन्दा पनि सहयोग गर्ने मन ठूलो हुने सन्देश अल्फाजको कार्यले दिएको छ।

नेपालमा आएको बाढीले धेरै परिवार विस्थापित भएका छन् भने राहत, उद्धार र पुनःस्थापनाका लागि विभिन्न निकाय तथा सर्वसाधारणबाट सहयोग संकलन भइरहेको छ। यस्तै मानवीय पहलहरूले विपद्को समयमा आशा र एकताको भावना थप बलियो बनाउने विश्वास गरिएको छ।

सम्बन्धित खबर