LIVE
चाडपर्वले बजारमा बढ्यो किनमेलको पहलपहल, महँगीले उपभोक्ता मारमा | एमालेपछि एमालेपछि नेकपा पनि छोडे मुख्यमन्त्री यादवको साथ | जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी तीव्र, १७ बोगीसहितको रेलबाट परीक्षण | एक लाख घुससहित सर्लाहीमा नायव सुब्बा पक्राउ | कर्मचारी सरुवामा विभेद र राजनीतिक हस्तक्षेपको आरोप, चुरे संरक्षण अभियान आन्दोलित | १९ वर्षदेखि अधुरो रामजानकी रंगशाला ः बजेट आयो, खर्च भएन ः अब वार्षिक २५ करोड लगानीको तयारी | विद्युत् प्राधिकरण बाधक बन्दा अलपत्र भयो मधेशको सौर्य सपना | चक्रवातको सम्भावना ः पाकेको धान काटन महोत्तरी प्रशासनको आग्रह | | एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत |

जनकपुरधाम । तिहार र छठ पर्व नजिकिएसँगै मधेश प्रदेशका बजारमा किनमेल गर्ने उपभोक्ताको चहलपहल बढेको छ । तर चाडपर्वको रौनकसँगै बजारमा वस्तुको मूल्यसमेत बढेपछि उपभोक्ता भने मारमा परेका छन् । चाडपर्वमा उपभोक्तालाई सहुलियत दिनुपर्नेमा व्यापारीले सामान्य दिनभन्दा महँगो मूल्यमा सामग्री बिक्री गरिरहेको भन्दै उपभोक्ताले सुपथ मूल्यमा वस्तु उपलब्ध गराउन माग गरेका छन् ।

जनकपुरधामका शिवचोक, रामचोक, मुरलीचोक र जानकी चोकलगायत मुख्य व्यापारिक क्षेत्रमा केहि दिन देखि दैनिक किनमेल गर्नेको भीड देखिन्छ । लत्ताकपडा, खाद्यान्न, फलफूल, मिठाई, पूजासामग्री तथा घरायसी वस्तुको माग बढेसँगै व्यापारिक गतिविधि पनि विस्तार भएको छ । तर माग बढेकै मौका छोपेर व्यापारीले विभिन्न सामग्रीको मूल्य बढाएको उपभोक्ताको गुनासो छ ।

जनकपुरधाम–१६ की विभादेवी सिंहका अनुसार सामान्य अवस्थामा दुई सय रुपैयाँमा सयवटा बिक्री हुने माटोको दियो अहिले दीपावलीको लागि तीन सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । फलफूल, पूजासामग्री, कपडालगायतका वस्तुको मूल्य पनि बढेको उनको भनाइ छ ।

‘चाडपर्वमा उपभोक्तालाई केही सहुलियत दिनुपर्ने हो । तर सामान्य दिनभन्दा झन् महँगो मूल्यमा सामान बिक्री भइरहेको छ,’ उनले भनिन्, ‘चाडपर्व मनाउनै पर्ने बाध्यताका कारण उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन् ।’

उनले चाडपर्वको अवसरमा उपभोक्ताको अवस्थालाई ध्यानमा राखेर उचित मूल्यमा सामग्री बिक्री गर्न व्यवसायीलाई आग्रह गरिन् । बजारमा माग बढेको भन्दै जथाभावी मूल्य बढाउने प्रवृत्ति नियन्त्रण गर्न सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने उनको माग छ ।

चाडपर्व लक्षित व्यापारिक गतिविधि विस्तार भएसँगै दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा, गरगहना, विद्युतीय उपकरण र सवारीसाधनसम्मको कारोबार बढेको छ । उपभोक्तालाई आकर्षित गर्न व्यापारीले मूल्य छुट, उपहार तथा विशेष प्याकेज सार्वजनिक गरेका छन् । विशेषगरी लत्ताकपडा, जुत्ता, इलेक्ट्रोनिक्स, फर्निचर र घरायसी सामग्रीका पसलमा चाडपर्व लक्षित योजना सञ्चालन भइरहेका छन् । तर यस्ता छुट र सहुलियतको वास्तविकता तथा छुटअघिको मूल्यबारे उपभोक्तालाई स्पष्ट जानकारी नहुँदा त्यसको लाभ सबैले पाउन नसकेको गुनासो पनि छ ।

अर्थशास्त्री डा.विनोद साह ले चाडपर्वका बेला घरपरिवारको खर्च बढ्ने र व्यवसायीले ग्राहक आकर्षित गर्न छुटका योजना ल्याउने भएकाले वस्तु तथा सेवाको माग विस्तार हुने बताउँछन् । चाडपर्वमा हुने खर्चले उत्पादन, वितरण र बिक्री प्रक्रियालाई सक्रिय बनाउने उनको भनाइ छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले चाडपर्वको कारोबारले वर्षभरिको व्यापारिक चक्रमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए । उनका अनुसार दैनिक उपभोग्य वस्तुका अतिरिक्त फर्निचर, विद्युतीय उपकरण तथा अन्य टिकाउ सामग्रीको खरिदसमेत बढेको छ । उपभोक्ताले चाडपर्वमा उपलब्ध हुने छुट र सहुलियतको प्रतीक्षा गर्ने भएकाले यस्ता वस्तुको बिक्रीमा वृद्धि हुने गरेको उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्स मधेश प्रदेशका अध्यक्ष विजयकुमार साहले चाडपर्वमा उपभोक्ताको माग बढ्दा व्यापारी, ढुवानी व्यवसायी, श्रमिक र सेवा प्रदायकले समेत काम पाउने अवसर बढ्ने बताए । कर्मचारीले पाउने अतिरिक्त आम्दानी र वैदेशिक रोजगारीबाट आउने विप्रेषणले पनि चाडपर्वको बजारलाई चलायमान बनाउन सहयोग पुर्‍याउने उनको भनाइ छ ।

सम्बन्धित खबर