LIVE
नेकपाका केन्द्रीय सदस्य श्याम यादवसहितका नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश | चिनियाँ दूतावासद्वारा जनकपुरको कन्या मावि शैक्षिक सामग्री सहयोग | छठ मनाउन मधेश झरे कांग्रेस सभापति थापा, सर्लाही हुँदै वीरगञ्ज पुग्ने | मधेशमा छठको रौनक, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै | मधेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान | कमला नदीमा डुबेर धनुषाका २४ वर्षीय युवकको मृत्यु | प्रदेश सरकारले भीमफेदी दुर्घटनामा मृत्यु भएका परिवारलाई जनही एक लाख दिने | मधेश सरकार जोगाउन कुनै सौदावाजी गर्दैनौ ः महामन्त्री पौडेल | टिपरको ठकरले स्कुटी चालकको घटनास्थलमै मृत्यु | प्रादेशिक अस्पतालको शवगृह नजिकै पुरुषको शव फेला, मृतकका आफन्तद्वारा विरोध प्रदर्शन |

जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य श्याम यादवसहितका नेता तथा कार्याकर्चा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

धनुषाको हंसपुर नगरपालिकास्थित सोनिगामामा बुधवार आयोजित पार्टी प्रवेश कार्यक्रममा यादवको नेतृत्वमा उनीहरू नेकपा परित्याग गरी रास्वपामा प्रवेश गरेका हुन् । रास्वपा प्रवेश गर्नेहरूमा नेकपाका मधेश प्रदेश समिति सदस्यहरू सुनिलकुमार यादव, सत्यनारायण यादव, दिलीपकुमार यादवसहित विभिन्न पालिका तथा स्थानीय तहमा सक्रिय नेता कार्यकर्ताहरू रहेका छन् ।

त्यस्तै, जनकनन्दनी गाउँपालिका र शहीदनगर नगरपालिकाका विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरू पनि रास्वपामा आबद्ध भएका छन् । उनीहरुलाई रास्वपाका मनिष झा र प्रतिनिधिसभा सदस्य रामविनोद दोसल्ला ओढाएर तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा रास्वपाका पूर्वप्रवक्तासमेत रहेका प्रतिनिधिसभा सदस्य झाले पार्टीमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई स्वागत गर्दै उनीहरूको क्षमता र योगदानका आधारमा उचित जिम्मेवारी प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरि, प्रतिनिधिसभा सदस्य यादवले आगामी स्थानीय तह निर्वाचनमा पनि रास्वपाले पुराना राजनीतिक दलहरूलाई पराजित गर्ने दाबी गरे ।

पुराना दलका नेताहरूको राजनीति जनतालाई आश्वासन दिने, तर्साउने र डर देखाउनेमा सीमित रहेको टिप्पणी गर्दै उनले अब जनताले निर्भीक भएर आफ्नो राजनीतिक निर्णय लिनुपर्ने बताए ।

सम्बन्धित खबर