LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । ५ चैत
आसन्न स्थानीय तहको निर्वाचनमा वर्तमान स्थानीय तहको प्रतिनिधीले उम्मेदवारि दिनु अघि राजिनामा दिनुपर्ने गरि निर्वाचन आयोगलले अचार संहिता जारी गरेको मधेशक प्रदेशका अधिकांश जनप्रतिनिधिहरुले त्यसको विरोध गरेका छन् ।
जनकपुरधाम उपमहनगरपालिका मेयर लालकिशोर साहले स्थानीय तहको जनप्रतिनिधीले उम्मेदवारी दिनु अघि राजिनामा दिनुपर्ने अचार संहिता लागु गरेर निर्वाचन आयोगले गैर संवैधानिक कार्य गरेको आरोप लगाएका छन् । न्युज कारखानासँग कुराकानी गर्दै मेयर साहले भने,‘ यो चुनाव आफैमा अवैधानिक हो । संविधानमा जनप्रतिनिधीको कार्यकाल पाँच वर्ष तोकिएको छ । तर मधेश प्रदेशका जनप्रतिनिधीहरुले कार्यकाल साढे ४ वर्षमै समाप्त हुने गरि निर्वाचनको घोषणा गरिएको छ । जनप्रतिनिधीहरुले त्यसको विरोध गर्दापनि कुनै सुनवाई भएन । अदालतले पनि कुरा सुनेन ।’
गाविस व्यवस्था हुदाँ पनि वहालवाला जनप्रतिनिधीलाई निर्वाचनमा राजिनामा दिनुपर्ने प्रवधान थिएन, मेयर साहले भने,‘ अहिले त स्थानीय सरकार भएको छ । सरकार भएपछि अर्को निर्वाचन लड्न किन राजिनामा दिनुपर्छ ? यसको तुक के हो ? दिनै पर्छ भने चुनावको वेला संघिय सरकारमा मन्त्री, प्रधानमन्त्रीले राजिनामा दिएपछि मात्रै उम्मेदवारी दिनुपर्ने प्रवधान राख्नुपर्छ । होईन भन्ने यो ठुलो विभेद हो ।’
नेपाल संघिय लोकतान्त्रिक व्यवस्थामा प्रवेश गरेपनि अहिलेपनि मुलुकमा कर्मचारीतन्त्र हावि भएको दावि गर्दै मेयर साहले भने,‘ नेपाल अझ पनि राजनीतिक ईकाई हुन सकेको छैन । प्रशासनिक ईकाई नै जस्तो संचालन भईरहेको छ ।प्रशासनिक ईकाई अहिले उत्तर तिर ढल्छ त कहिले दक्षिणको भयले काम गर्छ ।’

सम्बन्धित खबर