LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । नेपाली नागरिकता लिने एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बस्ने २३ वर्षीय आनन्द मिश्र भन्ने आनन्द मोहन शरण रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मंगलवार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको विशेष अनुसन्धान टोलीले गोप्य सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थितबाट शरणलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
भारतीय नागरिक भएरपनि नेपालबाट दुई स्थानबाट फरक फरक नामले नागरिकता लिएको खुलेको छ । दोहोरो नेपाली नागरिकता लिएको हुँदा शरणलाई नियत्रणमा लिएर नागरिकता सम्बन्धी कागजातहरू माग गरी हेर्दा आनन्द मिश्र नाम भएको नागरिकताको प्रतिलिपि र आनन्द कुमार मिश्र नाम गरेको सक्कलै नागरिकताको प्रतिलिपि समेत देखाएकोमा नागरिकताको प्रतिलिपिहरू बरामद गरेर नागरिकता सम्बन्धि मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बस्ने २३ वर्षीय आनन्द मिश्र भन्ने आनन्द मोहन शरण रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गत मंगलवार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको विशेष अनुसन्धान टोलीले गोप्य सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थितबाट शरणलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

दोहोरो नेपाली नागरिकता लिएको हुँदा शरणलाई नियत्रणमा लिएर नागरिकता सम्बन्धी कागजातहरू माग गरी हेर्दा आनन्द मिश्र नाम भएको नागरिकताको प्रतिलिपि र आनन्द कुमार मिश्र नाम गरेको सक्कलै नागरिकताको प्रतिलिपि समेत देखाएकोमा नागरिकताको प्रतिलिपिहरू बरामद गरेर नागरिकता सम्बन्धि मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

सम्बन्धित खबर