LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

मधेस प्रदेश सरकारले बुधवार पत्रकार सम्मेलन गरी संघीय सरकार विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । प्रदेश सरकार गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन ।
प्रहरी समायोजनको माग गर्दै मधेश सरकारले पटकपटक संघीय सरकारलाई आग्रह तथा दबाब दिने कार्यक्रम गरिरहे पनि बेवास्ता गरेको भन्दै मधेश सरकारका गृह तथा सञ्चार मन्त्रालयले आन्दोलनको घोसना गरेको हो । साउन २२ गते सबै दलका प्रदेशसभा सदस्यसहित सबै मन्त्रीहरूको उपस्थितिमा प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यतालिका रहेको उनले बताए ।
सातदिने ‘अल्टिमेटम’सहितको ज्ञापनपत्रपछि प्रहरी समायेजन नभए संर्घषका थप कार्यक्रम सार्वजनिक गरिने उनले बताए । काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दा प्रहरी समायोजन गर्नमा प्रधानमन्त्री गम्भीर नभएको आरोप लगाए ।
सर्वदलीय बैठकबाट आन्दोलनको निर्णय गरिएको भन्दै आन्दोलनमा प्रदेशका सबै राजनीतिक दलको समर्थन र सहयोग रहने उनले भने । वर्तमान संघीय सरकार संघीयताप्रति गम्भीर नरहेको उनले जिकिर गरे । मधेस प्रदेशलगायत प्रदेशहरूमा शान्ति सुरक्षाको अवस्था सृदृढका लागि प्रहरीको अभाव र समस्या उत्पन्न भएको उनले जिकिर गरे ।
संघीयता विरोधीहरूलाई बल पुग्ने गरी केन्द्र सरकारले काम गरिरहेको आरोप उनले लगाए । अधिकार नदिँदा संघयितामा पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको उनले जिकिर गरे । साहले संर्घष आफूहरूको बाध्यता रहेको भन्दै मधेसी जनतालाई अधिकारसम्पन्न बनाउनका लागि आफूहरू प्रतिबद्ध रहेको बताए ।

सम्बन्धित खबर