LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

मो.इन्तेखाब आलम
जनकपुरधाम । जनकपुरमा आयोजित एक कार्यक्रममा नेपाल भारत बिच रहेको खुल्ला सिमानालाई अझै व्यवस्थित र मर्यादित बनाउन वक्ताहरुले धारणा व्यक्त गरेका छन ।
नेपाल– भारत खुल्ला सिमाना संवाद समूहले शनिवार जनकपुरमा आयोजना गरेको ‘बद्लिदो परिवेसमा नेपाल भारत सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो धारण राखेका हुन ।

कार्यक्रममा नेपाल भारत खुला सिमा संवाद समूहका अध्यक्ष राजीब झाले परापुर्वकालदेखि नेपाल र भारत बीच रोटी बेटीको सम्बन्ध रहेको भन्दै यि दुई देशको सिमानामा तारवार लगाउन नहुने बताए ।
दुई देशका सरकार बीच मात्र नभई दुई देशका नागरिक बीच आर्थिक समाजिक, सास्कृतिक सम्बन्ध रहेको बताउदै अध्यक्ष झाले तारवारको लगाउनु भन्दा सिमानालाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने बताए ।

समाजिक,सांस्कृतिक,धार्मिक,भाषिक,रहन सहन र रितिरिवाज एक नासको रहेको छ, अध्यक्ष झाले भने,‘ यसलाई अझ बलियो बनाउन दुवै देशका सरकारका साथै दुवै देशका नागरिकको भुमिका महत्वपुर्ण छ ।
नेपाल– भारत बीच १ हजार ८ सय ८० किलोमिटर लामो सीमा रेखा रहेको अध्यक्ष झाले बताए । कार्यक्रममा तराई मधेश लोकतान्त्रीक पार्टी नेतृ बीभा ठाकुरले नेपाल र भारतको रामायणकालदेखि वर्तमान सम्म अटुट सम्बन्ध रहेकोले बताईन ।

दुई देशका जनता जनता बीच सौहादपुर्ण सम्बन्धकै कारण हाम्रो समाजमा विवाह जस्तो पवित्र सम्बन्ध गासिने चलन पौरानिककालदेखि हुदै आएको उल्लेख गर्दै नेतृ ठाकुरले भनिन्,‘ विवाहमा उपहार स्वरुप बनाउने समानहरुलाई सिमानामा सहज रुपमा ओहरदोहरको व्यवस्था हुनुपर्छ ।

’कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिती धनुषाका सभापति रमानन्द मंडलले गरेका थिए । कार्यक्रममा लोसपा मा.सरिता साह, मा.अल्का झा, जिल्ला समन्वय समिती धनुषाका सभापति रमानन्द मंडल, युवा नेता जानकीराम साह, नेपाल भारत खुला सिमा संवाद समूह मधुवनीका अध्यक्ष रोहित झा लगायतका सहभागिगता रहेको थियो ।

सम्बन्धित खबर