LIVE
एमालेसहितको समर्थनमा मुख्यमन्त्री यादवले पाए विश्वासको मत | सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव ७२ हजार घुससहित पक्राउ | मधेश सरकारमा फेरबदल, जसपाको ढुलमुल नीतिले नयाँ गठबन्धन बनाए मुख्यमन्त्री यादव | बजेट अघि निजी क्षेत्रले प्रदेश सरकारलाई दिए २० बुँदे सुझाव | गगन थापाको नेतृत्वमा एकजुट हुन महेन्द्र यादवको आह्वान | बाल श्रममुक्त स्थानीय तह घोषणा कार्यविधि कार्यान्वयनमा जोड | नेपाली कांग्रेस धनुषाका क्षेत्रीय सभापति निधिको निधन | यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट तीन विचौलियालाई पक्राउ | मधेशमा सत्ता परिवर्तनको खेल ः सत्ता जोगाउन विश्वासको मतबाट पछि हटे मुख्यमन्त्री यादव | मधेशलाई साक्षर घोषणा गर्न तयार पारिएको प्रतिवेदन संघ र प्रदेश सरकारलाई हस्तान्तरण |

जनकपुरधाम । मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी मकसुद आलम खाँले जनतालाई चुस्तदुरुस्त र सहज रुपमा सेवा प्रदान गर्न जिल्ला प्रहरी कार्यालयहरुलाई निर्देशन दिएका छन् ।
आईतावार धनुषा, महोत्तरी र सर्लाही जिल्ला प्रहरी कार्यालयहरुको स्थलगत निरीक्षण तथा अनुगमन गरेका प्रमुख डिआईजी खाँले जनतालाई चुस्तदुरुस्त र सहज रुपमा सेवा प्रदान गर्न जिल्लाका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका हुन् । कुनै पनि अपराधिक घटनाको सुक्ष्म अनुसन्धान गरि पीडितलाई न्याय र दोषिलाई सजाय दिलाउनु प्रहरीको पहिलो कर्तव्य रहेको बताउदै डिआईजी खाँले भने,‘ कमसल अनुसन्धानले पीडितले न्याय पाउदैन र वास्तविक दोषि कानुनी फान्दाबाट उम्किन्छ ।त्यसकारण यस विषयमा सचेत भएर तपाईहरु काम गर्नुस्।’


प्रहरीको आचरण प्रहरीको गहना भएको बताउदै प्रदेश प्रहरी प्रमुख खाँले भने,‘कार्यालयमा आउने सेवाग्राहीहरुसँग भद्र व्यवहार गर्नुस्,सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने हाम्रो दायित्व हो ।’ डिआईजी खाँले सिमावर्ति क्षेत्रमा हुने चोरी पैठारी तथा तस्करीलाई नियन्त्रणमा कडाई गर्न निर्देशन समेत दिए । अनुगमनका क्रममा डिआईजी खाँलाई जिल्लाका प्रहरी उपरीक्षकहरुले जिल्लाको सुरक्षा अवस्था वारे विफ्रिङग गरेका थिए ।

सम्बन्धित खबर