LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

२५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ भएकोमा असन्तुष्टि जताएका छन् । जापान भ्रमणबाट बुधबार स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा विधेयक प्रमाणीकरण हुन ढिला नहुनुपर्ने जिकिर गरेका छन ।

राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने लाग्छ, तर ढिलो नहुनुपर्थ्यो’ उनले भने । नागरिकता संशोधन विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका छन् ।

तर राष्ट्रपतिले हालसम्म प्रमाणीकरण गरेको छैन । जापान भ्रमण धेरै राम्रो भएको प्रचण्डले जिकिर गरे । ‘पहिलो पटक जापान गएको हो, के होला कसो होला भन्ने रहर थियो, तर धेरै राम्रो भयो’ उनले बताए । साउन २१ गते जापान भ्रमणमा गएका प्रचण्ड चार दिनपछि बुधबार नेपाल फर्किएका छन ।

 

सम्बन्धित खबर