LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

मो.इन्तेखाब आलम
जनकपुरधाम । जनसंख्याको अधारमा राज्यको हरेक अंगमा मुस्लिम समूदायको सहभागिता न्यून रहेको विषयमा मुस्लिम समूदायका अगुवाहरु विच विहिवार संवाद कार्यक्रम भएको छ । प्रादेशिक संवाद समूहको सहकार्यमा मुस्लिम समुदायका अगवाहरुले राज्यले मुस्लिम समुदायलाई विभेद गरेको आरोप लगाएका छन ।

मुस्लिम समुदायलाई राज्यले करदाता र मतदाताको रुपमा प्रयोग गरिरहेको तमलोपा केन्द्रिय उपाध्यक्ष असगर अलिले आरोप लागाएका छन । मधेश प्रदेशमा मुस्लिम समुदायको जनसंख्या पछिलो जनगंणा अनुसार १२ प्रतिशत रहेको भन्दै राज्यले जनसंख्याको अधारमा मुस्लिम समुदायलाई राज्यको हरेक अंगमा सहभागी नगराएको उनले आरोप लगाए ।

मुस्लिम समुदायलाई राज्यले हरेक क्षेत्रमा शंकाको नजरले हेरिरहेको नेपाल हज कमिटीका पूर्व अध्यक्ष मो. सोएब रेजाले बताए । मोदर्सा बोर्ड गठनमा राज्यले राजनितिक विभेद गरी मोदर्सा विधेयकलाई प्रदेश सदनबाट पारित नहुन दिनु यसले प्रष्ट देखिन्छ कि राज्यले मुस्लिम समुदाय प्रति विभेदको राजनितिक गरेको उनले बताए ।

मुस्लिम समुदायले नेपालको प्रगति तथा उत्थानका लागि हरेक क्षेत्रमा समुदाय संग कन्धामा कन्धा मिलाएर काम गरदै आईरहेको नेकपा एमालेका प्रदेश सदस्य हकिम राईनले बताए । संघ देखि प्रदेश सम्म मुस्लिम समुदायलाई राज्यले विभेद गरेको नेसपा केन्द्रिय नेता मौलाना इजरायल रिजवीले आक्रोस पोखे । मुस्लिम समुदायले जबसम्म राज्यका हरेक अंगमा नपुगे तबसम्म मुस्लिम समुदायले आफनो अधिकार सुन्चित गराउन कठिन हुने पूर्व सभासद फरमुद नदाफले बताए ।

सबै नेपाली देशका नागरिक हुन र संविधानमा हरेक नागरिकले आफनो हक पाउँनु सम्वैधानिक अधिकार रहे पनि मुस्लिम समुदायले यसको अनुभूति महशूस नगर्न सक्नु दुखद रहेको नेकपा एकिकृत समाजवादी पार्टी प्रदेश सदस्य हसन शेषले बताए ।

मुस्लिम महिलालाई राज्यले हरेक अंगमा जबसम्म ठाउँ दिदैन तबसम्म मुस्लिम महिलाको सहभागिता न्यून रहने नेसपा नेतृ सबनम खातुनले बताईन् । कार्यक्रममा नेपाली काग्रेस क्षेत्र न.३ क्षेत्रिय सदस्य मो. ताहिर हुसैन, मुस्लिम अगुवा मो.नौसाद अहमद, जसपाका नजामुद्दीन अंसारी, शिक्षा विज्ञ अकबर नदाफ, प्रदेश संवाद समिति सदस्य देवन्द्र मिश्र लगायतका व्यकितीहरु सहभागी थिए ।

सम्बन्धित खबर