LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । दुई सभाबाट पारित भईसकेको नागरिकता विद्येयक राष्ट्रपति विद्यादेवि भण्डारी प्रमाणिकरणमा ढिलाई गरेकोमा नेपाली काँग्रेस मधेश प्रदेश कार्यसम्पादन समितिले आपति जनएको छ ।
काँग्रेस मधेशको प्रदेश कार्यसम्पादन समितिको वैठकले दुई सप्ताह अघि प्रतिनिधी सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विद्येयक तत्काल प्रमाणिकरण माग समेत गरिएको छ । वैठकले अगामी ४ मंसिरमा तोकिएको चुनावलाई लक्ष्ति गरि विभिन्न कार्यक्रम बढाउन निर्णय समेत गरेको छ ।
मधेश प्रदेशका पार्टी महामन्त्रि वृस्तपति कृष्ण श्रेष्ठका अनुसार निर्वाचन केन्द्रित कार्यक्रम गर्न तयारी पार्टी मातहत रहेका समिति, विभाग, भातृ संगठन, संघ संस्थालाई परिचालन गर्न निर्णय भएको छ । मधेश प्रदेशका ८ वटै जिल्लामा जिल्ला तथा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चान गरिने तथा संघ र प्रदेश निर्वाचन क्षेत्रको वस्तुगत विश्लेषण गरि प्रतिवेदन पेश गर्न जिल्लाका प्रतिनिधीहरु खटाईने सहितका वैठकबाट निर्णय भएको महामन्त्रि श्रेष्ठले जानकारी दिए ।
मधेश प्रदेश सरकारमाथि अनियमितिता गरेको मुद्दा विशेष अदालतमा दर्ता भएको त्यसले काँग्रेस मधेशको ध्यानकर्षण भएको र पार्टीबाट प्रदेश सरकारमा सहभागि मन्त्रीहरुले आफ्ना उपस्थित प्रभावकारी बनाउने वैठकले निर्देशन समेत गरेको छ । बैठकले संघीय र प्रदेशको उम्मेदवारी निर्धारित समयमा टुङ्ग्याउन पार्टी केन्द्रीय समितिको ध्यानाकषर्ण गराउने निर्णय भएको काँग्रेसको सूचना, सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले बताए ।
वर्षोदेखि नागरितकताबाट वञ्चित रहेका नागरिकलाई देउवा नेतृत्वको सरकारले नागरिकता प्रदान गर्न संविधानको व्यवस्था बमोजिम संसदको दुवै सदनबाट नागरिकता विधेयक पारित गराउन सफल भएकोमा सरकार र गृहमन्त्री बालकृष्ण खाणलाई वैठकबाट धन्यवाद समेत दिईएको छ ।

सम्बन्धित खबर