LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम उपमहानगरपालिका २ का वडाध्यक्ष शिवकुमार साहले १३५ जना वृद्ध–वृद्धालाई लिएर राम जन्मभूमी अयोध्याका लागि आइतबारदेखि धार्मिक यात्रा शुरु गरेका हुन । साहले आफ्ना वडाका १३५ जना जेष्ठ नागरिकहरुलाई लिएर भारतको अयोध्या, बनारस सहितका तिर्थधामका लागि प्रस्थान गरेका छन ।

यस अवसरमा विदाई गर्नका लागी पुगेको नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा धनुषा ३ बाट उम्मेदवारी दिने बताएका छन । उनले लोकतान्त्रिक शक्तिहरु एकजुट भई मिलेर आगामी निर्वाचनमा जानुको विकल्प नरहेको बताए ।

नेता निधिले सत्ता गठबन्धनको दलमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि पाँच दलीय गठबन्धनमा सहभागी गराई सरकारमा समावेश गर्नुपर्ने उनले बताए । नेता निधिले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई आफुले स्वयं कुरा गरेर निर्वाचनमा सँगै जानका लागि भनेको जिकिर गरे । ‘लोसपालाई गठबन्धनमा ल्याउन पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न चरणमा छलफल गरेका उनले बताए ।

 

सम्बन्धित खबर