LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

मो.इन्तेखब आलम
जनकपुरधाम । नागरिकता सम्बन्धी बिद्येयक राष्ट्रपति कार्यालयबाट फिर्ता भएको विरोधमा सोमवार जनकपुरमा मधेशवादी दलहरुले राष्ट्रपति विद्यादेवी विरुद्ध चर्को नारावाजी गरेका छन । राष्टपति मधेश विरोधी रहेको भन्दै मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुले नगरको पैरकर्मा गरदै राष्ट्रपति विरुद्ध जुलुस निकालेका छन ।

लोकतान्त्री समाजवादी पार्टीले पार्टी कार्यालायबाट निकालएको बिरोध रैली जनक चौकमा आई कोणसभामा परिणत भएको थियो । लोसपा धनुषाका पार्टी अध्यक्ष ताथा सभासद प्रमेश्वर साहले भने राष्टपतिले नागरिकता विद्येयक फिर्ता नलिए हामी कडा भन्दा कडा आन्दोलनमा जाने उनले बताए ।

प्रतिनिधि सभा र राज्य सभाबाट बहुमतले पारित नागरिकता विद्येयकलाई राष्ट्रपतिले मधेशी जनतालाई विभेद गरेको उनले बताए । लोसपा नगर कमिटीका अध्यक्ष मनोज चौधरीले भने मधेशी जनतालाई न्याय पाउने बेलामा राज्यले कुनै न कुनै विभेदकारी निर्णय लिई मधेश जनता विरुद्ध षडयन्त्र गरेको उनले बताए ।

त्यस्तै जनता समाजवादी पार्टीले जनक चौकबाट निकालिएको विरोध रैली शिव चौकमा आई कोणसभामा परिणत भएको थियो । जसपा केन्द्रिय नेता राम गोविन्द यादवले भने मधेशी जनता पनि नेपाली जनता हो, मधेशी जनतालाई अधिकार दिदा केन्द्रिय शासकहरुले सदयौ देखि विभेदकारी षडयन्त्र गरदै आएको आरोप लगाएका छन ।

मधेशी जनताको अधिकारलाई राष्ट्रपतिले आदर नगरेको उनले बताए । जनकपुरधाम उपमहानगरपालिका पूर्व मेयर लाल किशोरले भने मधेशी जनताका लागी मधेशीदलहरुले नागरिकता विद्येयक पारितका लागी धेरै संघर्ष गरे तर राष्टपतिले मधेशी जनताको आशालाई निराशामा परिणत गरेकोमा उनको नियत माथि मधेशी जनताको शंकामा बल पुगेको उनले बताए ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले नगगरिकता विद्येयक फिर्ता गरिएको विरुद्ध सिरहाको गोलबजार सडकखण्ड अवरुद्ध गरि जनमत पार्टीका कार्यकर्ताहरुले राष्टपति विद्यादेवी भण्डारी विरुद्ध नाराबाजी गरदै प्रदर्शन गरेका छन । प्रतिनिधिसभा र राष्टियसभाबाट पारित भई प्रमनणीकरणका लागी राष्टपति समक्ष पुगेका नागरिकता राष्टपतिले फिर्ता गरेकी थिइन् । जसको विरोधमा जनमत पार्टीले मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरिरहेको पार्टीका नेता बीपी साहले बताए ।

 

 

सम्बन्धित खबर