LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

फैजा फहमीदा

जनकपुरधाम । सरकारलाई जनताप्रति जवाफदेहि बनाउन संचारकर्मीले वजेट तथा वजेट कार्यान्वयको विषय कमल चलाउनु पर्ने आवश्यकत रहेको औल्याएको छ ।
आर्थिक पत्रकार समाज (सेजन) काठमाण्डौ र युएनडिपिको सहकार्यहमा मधेश प्रदेशको स्थायी जनकपुरधामा आयोजना गरेको‘ प्रादेशिक बजेट सम्बन्धि रिर्पोटिङ र कार्यान्वय सम्बन्धी परिक्षण कार्यक्रममा अर्थ सम्बन्धी विज्ञ पत्रकारहरुले यस्तो धारण राखेका हुन् ।
प्रशिक्षण कार्यक्रममा बोल्दै सेजनका अध्यक्ष जनार्धन बरालले अर्थ सँग सबै क्षेत्र जेडिएकोले सरकारले जनतासँग गरेको वाचालाई पुरा गराउन सरकारको निती तथा कार्यक्रम र वजेट कार्यान्वय सम्बन्धि क्षेत्रमा कलम चलाउन अहिलेको आवश्यकता रहेको बताए । सरकारले ल्याउने निती तथा कार्यक्रम र वजेट एकअर्कासँग परिपुरक रहेपनि पछिल्लो समय सरकार त्यसमा चुख्ने गरेको बताउदै अध्यक्ष बरालले त्यसलाई जिम्मेवार बनाउन आर्थिक क्षेत्रमा कमल चलाउने पत्रकारले त्यस विषयमा कमल चलाउनुपर्ने बताए ।


कार्यक्रममा लामो समयदेखि आर्थिक विटमा कमल चलाउदै आएका वरिष्ठ पत्रकार बालकृष्ण ज्ञवालीले सरकारले निधारण गर्ने करको विषयमा सञ्चारकर्मीलाई वृहत्त रुपमा जानकारी गराएका थिए ।
कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाका पत्रकारहरुलाई सहभागी गराई आर्थिक समाचारका छनौट तथा त्यसको रिर्पोटिङगको विषयमा जानकारी गराईएको थियो ।
सरकारले बजेटमा प्रस्तुत गरेका आयोजनाहरुको लागत, बजेट कार्यान्वय तथा जनताको अवश्यकता सँग जोडिएको विषय वस्तुको वारेमा कार्यक्रममा वृहत्त छलफल भएको थियो । कार्यक्रममा प्रदेशका सभाका सार्वजनिक लेखा समितिका अध्यक्ष रामनेरश यादव, प्रमुख प्रतिपक्षि दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका प्रमुख सचेतक प्रदेश सभा सदस्य परमेशर साहसहितका सासदसँग समेत सम्वाद गरिएको थियो ।

सम्बन्धित खबर