LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

मिटरव्याज पीडितहरूबाट अहिलेसम्म १ हजार ९ सय ३७ वटा उजुरी प्राप्त भएको गृहमन्त्री बालकृष्ण खाणले भनेका छन्। गृह मन्त्रालयले मिटरव्याज अपराध अध्ययन गर्न कार्यदल बनाएर भदौ ५ गतेसम्म उजुरी गर्नआह्वान गरेका थिए।

कतिपय जिल्लामा मिटरव्याज अपराधविरूद्ध उजुरी नै नआएपछि सार्वजनिक सूचना जारी गरेर उजुरी आह्वान गरिएका थिए।भदौ ५ गतेसम्म एक हजार नौ सय ३७ उजुरी आएको गृहमन्त्री खाणले बताए । सबै उजुरीमाथि छानबिन गरी कानून अनुसार कारबाही गर्ने गृहमन्त्री खाणले बताए। गृहमन्त्रीले मिटरव्याज अपराधमा जहिले पनि उजुरी दिन सकिने उनले बताए।

यसका लागि हदम्याद नतोकिएको उनको भनाइ रहेको छ । प्रदेश नम्बर १ मा ९२ वटा उजुरी दर्ता भएको हो । सबैभन्दा धेरै मिटरव्याजको उजुरी मधेश प्रदेशमा रहेका छन । खाणका अनुसार मधेश प्रदेशमा एक हजार तीन सय ३० उजुरी दर्ता भएका छन। बागमतीमा २०२, गण्डकीमा ३५, लुम्बिनीमा २११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी आएको गृहमन्त्री खाणले बताए ।

सम्बन्धित खबर