LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जग्गा मुआब्जाका लागि नक्कली मोही खडा गर्ने धनुषाका तत्कालिन सीडीओ, गुठी संस्थान शाखा कार्यालय धनुषाका प्रमुखसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्वमा रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी अनियमितता गरेको भन्दै बुधवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ ।

आयोगले तत्कालिन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालिन कार्यालय प्रमुख राजबाबु पाण्डे, तत्कालिन सहायक प्रशासक मनोज कुमार शर्मा भनिने मनोज कुमार आचार्य र तत्कालिन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल, मुआब्जा रकम बुझ्ने गायत्रीदेवी जयसवाल र उनको छोरा सत्रुधन जयसवाल र यिनीहरुबीच विचौलियाको भूमिका निर्वाह गर्ने सुमनकान्त ठाकुरविरुद्ध मुद्दा दायर गरेको छ ।

गैरकानूनी रुपमा मुआब्जा बुझ्ने उपेन्द्रलाल कर्ण कायस्त, मनोजलाल कर्ण, मतियार बनेका सूर्यनारायण लाल कर्णको मृत्यु भइसकेकाले उनको अंशियार भाई उपेन्द्रलाल कर्ण कायस्थ, श्रीमती विन्दादेवी कर्ण र छोरा मनोजलाल कर्णविरुद्ध मुद्दा दायर गरिएको छ ।

गायत्रीदेवीले गैरकानूनी रुपमा लिएको मुआब्जाको रकम गुठीलाई फिर्ता गरिपाउँ भनि उच्च अदालत जनकपुरमा मुद्दा दिएकोमा अदालतबाट जारी हुने सूचना गुठी संस्थान कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालयमा अधिकार प्राप्त अधिकारीसम्म पुग्न नदिएको जिल्ला अदालत धनुषाका तत्कालिन तामेल्दार डि .हविव साह, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालिन कार्यालय सहयोगी कामेश्वर राय, लेखापढी व्यवसायी गर्ने प्रमोद कुमार कर्ण, लेखापढी व्यवसायी भनिएका प्रमोद कुमार कर्णविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १२ बमोजिम मुद्दा दायर भएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए ।

सम्बन्धित खबर