LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

काठमाडौं । बिहीबार सेयर बजारमा १.०८ अंकले गिरावट आएको छ । पछिल्लो एक साता बजार निरन्तर गिरावट देखिएको छ । बजार घट्दा कारोबार रकम समेत असर परेको छ । बिहीबार कुल २२५ कम्पनीको २९ हजार १६२ हजार वटा कारोबारबाट ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच भएको हो । १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार बैंकिङ, व्यापार, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र लगानी उपसमूहको मूल्यमा गिरावट देखिएको छ । यसबाहेकका उपसमूहका लगानीकर्ताले भने आज कमाउन सफल भएका छन । बिहीबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ । अपर हेवाखोला हाइड्रो, माहुली लघुवित्त, सप्तकोशी विकास बैंकसहितका कम्पनीको मूल्य बढेको छ ।राप्ती हाइड्रो सबैभन्दा बढी ४।३८ प्रतिशतले घटेको छ । नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको हो।

सम्बन्धित खबर