LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालको व्यापार अभिवृद्धिका लागि आफूहरु सहयोग गर्न त्यार रहेको बताएकी छिन् । उनले नेपाललाई बंगलादेशको गोंगला र चट्टोग्राम सामुन्द्रि बन्दरगाह र सैयदपुर क्षेत्रीय विमानस्थलबाट लाभ लिन पनि आग्रह गरेकी छिन् ।

बंगलादेश भ्रमणमा रहेको नेपाली प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समिमितका सांसदहरुसँगको भेटमा प्रधानमन्त्री हसिनाले उक्त धारणा राखेकी हुन् । ।बंगलादेशी आर्थिक पत्रिका द विजनेस स्ट्यान्डर्डकाअनुसार प्रधानमन्त्री हसिनाले नेपालले आफनो व्यापार अभिवृद्धिका लागि आफ्ना दुई वटा सामुन्द्रिक बन्दरगाह र एउटा क्षेत्रीय विमानस्थल प्रयोग गर्न सक्ने बताएकी हुन् ।

सांसदहरुसँगको भेटमा प्रधानमन्त्री हसिनाले बंगालादेशको स्वतन्त्रता आन्दोलनमा नेपालले गरेको सहयोगको प्रशंसा गरिन् । भेटमा नेपलका सांसदहरुले नेपाल र बंगलादेशबीच जलविद्युत्, पर्यटन र यातायातका क्षेत्रमा एक अर्काको हितका लागि सहकार्य गर्नु पर्ने बताएका थिए ।बंगलादेशको भ्रमणमा नेपाली प्रतिनिधि मण्डलमा डा.दीपक भट्ट, देवप्रसाद तिमल्सिना, लिल्लादेवी सिटौला, नारदमुनि राना लगायतका संसादहरु सहभागी रहेका छन् ।

सम्बन्धित खबर