LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको समय नजिकिदै जाँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले चुनावी गठबन्धन गर्ने संवाद सुरु भएको छ । दुई दलबीच चुनावी गठबन्धनका लागि छलफल सुरु भएको छ । यद्यपी एमालेले मधेश प्रदेशमा मात्र चुनावी गठबन्धन गर्नेगरी छलफल भइरहेको जनाएको छ । गठबन्धनलाई मूर्त बनाउन दुबै पार्टीका अध्यक्ष छलफलमा जुटेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच संवाद सुरु भइसकेको छ ।गठबन्धन गरेर चुनावी मैदानमा जान सकारात्मक भए पनि गठबन्धनको मापदण्डको विषयमा भने छलफलले गति पाएको छैन ।लोसपा नेता डा. सुरेन्द्र झाले लोसपाले राष्ट्रिय पार्टीहरूसँग छलफल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको बताए । ठाकुरले गठबन्धनको विषयमा एमाले अध्यक्ष ओलीसँग छलफल गरेको उनले बताए ।

सम्बन्धित खबर