LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

प्रतिबन्धित लागूऔषध र हतियारसहित सिरहाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको कल्याणपुर नगरपालिका वडा नं. २ चतरी बस्ने १९ वर्षीय सुमन कुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छन । शुक्रवार दिउँसो सिरहा नगरपालिका १७ कमला बाँध स्थित ईलाका प्रहरी कार्यालय माडरबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट साइकलमा नेपालतर्फ आउदै गरेको युवकलाई चेकजाँत गर्दा लागूऔषध बरामद गरेको छ ।

युवकको साथबाट नाइट्राभेट ट्याब्लेट २६ पिस, डाईजेल्याब ३ एम्पुल, सिरिन्ज १ थान, फलामको तरवार १ थान, फलामको फर्सा १ थान, फाईटर ६ थान, पेस्तोल जस्तो आकारको लाइटर गन १ थान र साईकल १ थान बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए । जिल्ला अदालत सिरहाबाट म्याद लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले  जानकारी गराए ।

सम्बन्धित खबर