LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँको गुणादीका बासिन्दासँग माफी मागेका हुन । गुणादीको पानीका बारेमा आफूले बोलेका कुरालाई सञ्चार माध्यमले व्याख्यासहित सप्रेषण गर्दा गुणादीका बासिन्दाको भावनामा ठेस पुगेको भन्दै उनले माफी मागेका छन ।वक्तव्य निकालेर पौडेलले भनेका छन्, ‘मेरो भनाइलाई विभिन्न माध्यमबाट विभिन्न तर्क सहितका व्याख्या सहित प्रेसित हुँदा गुणादी वासीको भावनामा ठेस पुगेकोमा म क्षमा प्रार्थी छु।’

गतसाता दमौलीमा भएको कार्यक्रममा आफूले दमौलीमा मादी नदीको पानी समेतलाई प्रशोधन गरेर वितरण गर्ने आयोजना सञ्चालन हुँदा पानीको समस्या समाधान भएको कुरा गरेको तर त्ससलाई गलत व्याख्या गरिएको उनको दाबी रहेको छ । गुणादीका दाजुभाइ र दमौलीका दाजुभाइ एक आपसका परिपुरक हुन् र एक अर्काले धेरै पहिले देखी सहयोग आदान प्रदान गर्दै आएका छन्,’ पौडेलेले भने, ‘मेरो अभिव्यक्तिलाईनै लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन । एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह समेत गर्दछु ।’

सम्बन्धित खबर