LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को पहिलो महिना साउन सकिंदासम्म सरकारको खातामा ३ खर्ब रुपैयाँ मौज्दात रहेको हो ।नेपाल राष्ट्र बैंकका अनुसार अहिले सरकारका खातामा २ खर्ब ९४ अर्ब २५ करोड रुपैयाँ नगद मौज्दात रहेको हो । यो रकम प्रदेश र स्थानीय तहका सरकारको खातामा रहेको रकम समेत जोड्दा आएको हो । २०७९ असार मसान्तसम्म सरकारका खातामा २ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ मौज्दात थियो ।सरकारले पहिलो महिना पूँजीगत खर्च मात्र १ अर्ब ४८ करोड गर्न सकेको छ । चालु खर्च ५ अर्ब ६६ करोड हुँदा वित्तीय व्यवस्थामा १५ अर्ब १२ करोड रुपैयाँ खर्च गर्न सकेको छ । यसले सरकारको कुल खर्च २२ अर्ब २६ करोड रुपैयाँ मात्र भएको देखिएको छ । यस आवमा सरकारले राजस्व परिचालनबाट ७९ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसमा प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने रकम समेत समावेश रहेको हो ।

सम्बन्धित खबर