LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

घोराही । नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको हो ।माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा महराको नाम १ नम्बरमा थियो । नेता महराकै आग्रहमा समानुपातिक सूचीबाट उनको नाम हटाइएको माओवादी केन्द्रले जनाएको हो ।माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले महराकै आग्रहमा नाम हटाइएको बताए । ‘उहाँको नाम पहिले खस आर्यबाट १ नम्बरमा थियो । पछि उहाँले मलाई राख्न पर्दैन हटाइदिनुस् भन्नुभयो र उहाँको नाम हटाइयो,’ ढकालले भने ।रोल्पा र दाङ क्षेत्र नं १ र २ मा प्रत्यक्षतर्फ पनि महराको नाम पहिलो नम्बरमै सिफारिस भएको थियो ।

तर उनलाई माओवादीले समानुपातिकको सूचीमा राखेको थियो । त्यसलगत्तै महराले पत्रकारहरुलाई प्रतिक्रिया दिंदै, आफूले धेरै पटक संसदीय निर्वाचनमा जितिसकेकाले अब नयाँलाई अवसर दिनुपर्छ भनेर आफू समानुपातिकको सूचीमा रहन तयार रहेको बताएको थियो ।महराले २०४८ सालसहित अहिलेसम्म भएका सबै निर्वाचन जितेका थिए । २०४८ र २०७० सालमा रोल्पा तथा २०७४ सालमा दाङबाट महरा निर्वाचित भएका थिए । उनी २०६३÷६४ को अन्तरिम संसदमा समेत थिए ।यसैबीच महराकी छोरी कुश्मा महरा प्रगतीको नाम भने प्रदेशसभा तर्फ समानुपातिकको सूचीमा छ । उनी युद्धकालदेखि नै कलाकारीता क्षेत्रमा सक्रिय थिइन् ।

सम्बन्धित खबर