LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

आयातमा आधारित देशको अर्थतन्त्र अत्यधिक चलायमान हुने बेलाको यो भड्किलो खर्चले देशको परनिर्भरता झनै बढाउने र अर्थतन्त्रलाई कमजोर बनाउने कुरा नेपाल राष्ट्र बैंकले नै स्वीकारेको यथार्थ हो । अहिलेकै ताजा कुरा गर्ने हो भने घट्दो वैदेशिक मुद्राको सञ्चितिका कारण निषेध गरिएको तासको आयात दशैंकै मुखमा खोलिएको छ जबकि तास खेलेको भेटे पुलिसले समाउँछ, नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको नयाँ नोट बजारमा पुर्‍याएको छ र, भन्छ नोट फोहोर गर्नुहुँदैन, दशैंलाई लक्षित गरेर सरकारी पदाधिकारीहरूलाई चाडपर्व भत्ताको व्यवस्था गरेको छ । राज्यका यस्ता क्रियाकलापले आम नागरिकलाई अझै सकसपूर्ण बनाएको छ किनकि यी कुनै पनि कुरामा उनीहरूको पहुँच पुग्दैन । यी सबैकुरा वर्चश्वशाली समूहका लागि हुन् ।

सम्बन्धित खबर