LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

जनकपुरधाम । धनुषाका जनश्रोत विकास केन्द्रका अध्यक्षका अध्यक्ष सुर्यनाथ यादव आफ्नै भाईबुहारीसहितलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् ।
जनकपुरधाम उपहानगरपालिका– थुम्हौना निवासी यादवले शुक्रवार विहान आमा मुनरी देवि यादव, भाईवुहारी प्रमिला यादव, भाई शिवदत्त यादवलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रमिला यादव नेपाल क्युकोशिन कान कराते संघ मधेश प्रदेशका तत्कालिन अध्यक्ष वैजनाथ यादवका श्रीमति हुन् । कोरोना लागेर करिव डेढ वर्ष अघि यादवको मृत्यु भईसकेको छ ।
पक्राउ परेका सुर्यनाथ यादव वैजनाथका जेठो दाजु हुन् । यादवको मुत्यु भएपछि सुर्यनाथले सम्पतिको लागि भाईवुहारी, भजिता प्रिन्सलाई विभिन्न प्रकारका शारिरिक र मानसिक यातना दिदै आएको स्थानीयको भनाई छ ।

शुक्रवार दिउँसो दाउरालाई लिएर सुर्यनाथ र सुर्यनाथकी श्रीमति बबिता यादवले मिलेर प्रमिलासहितलाई कुटपिट गरेपछि स्थानीयवासीले सुर्यनाथलाई पक्राउ गरि प्रहरीमा जिम्मा लगाएका थिए । यादवले अंश बण्डा नै नभएका सम्पति आफ्ना बुवालाई फकाई फुलाई गरि सासुराको नाममा गरेपछि प्रमिलाले त्यसको विरोध गरेकी थिईन । त्यसको निहुमा यादवले प्रमिलालाई शारिरिक तथा मानसिक यातना दिदै आएको स्थानीय सुनिल कुमार यादवले बताए ।
करिव १५ दिन अघि प्रमिलाई कुटपिट गर्दा प्रमिलाले जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा उजुरी समेत दिईएकी थिईन । त्यहाँ यादवले अव देखि कुनै प्रकारको वादविवाद तथा कुटपिट नगर्ने सहमति गरेका थिए । तर त्यसको एक महिना नपुग्दै यादवले पुनः कुटपिट गरेको नेपाल क्युकोशिन कान कराते संघ धनुषाका अध्यक्ष सुनिल कुमार यादवले बताए ।

 

 

सम्बन्धित खबर