LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

धनुषा ३ (ख) मा तमलोपाबाट असगर अलीको उम्मेदवारी दर्ता
धनुषा ३ : उमेश साह र मिलन कुमारी साहको स्वतन्त्र उम्मेदवारी दर्ता, नेमकिपाबाट रामहृदय साहको उम्मेदवारी

जनकपुरधाम, २३ असोज । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष उमेश साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल समाजवादी पार्टीका नेतासमेत रहेका साहले जनकपुरधामस्थित निर्वाचन क्षेत्र नम्बर ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

बाजागाजासहित साहले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पार्टीभित्र नातावाद, कृपावाद तथा परिवारवादको अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको साहले बताए ।

उम्मेदवारी दर्ता गराउँदै साहले भने, ‘राजनीतिक दलबाट जनताको विश्वास उठिसकेको छ । जनताको भावना अनुसार जनताको कार्य गर्नकालागि आफ्नो उम्मेदवारी रहेको छ ।’

यस्तै धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाटै प्रतिनिधि सभामा मिलन कुमारी साहले स्वतन्त्र उम्मेदवारी दिएकी छन् भने नेमकिपाबाट रामहृदय साहले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, प्रदेश सभातर्फ धनुषा ३ (ख) मा तराई मधेस लोकतान्त्रिक पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाका पूर्वउपमेयर असगर अलीले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

सम्बन्धित खबर