LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा रौतहट छोडर धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभामा उम्मेदवारी दिएका छन् ।सत्तारुढ गठबन्धनबीच दल भागभण्डामा धनुषा क्षेत्र नम्बर ३ परेको चर्चा चलेको थियो । तर अन्तिम समयमा सत्तारुढ गठबन्धन दलमा लोसपा सहभागि भएपछि उक्त क्षेत्र लोसपालाई दिईएको हो । नेता झा रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट विगतमा चुनाव लड्दै आएका थिए ।

४ मंसिरमा सत्तारुढ गठबन्धनमा सो क्षेत्र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल उम्मेदवारी दिएपछि नेता झा धनुषा सरेका हुन् । काँग्रेसले सो क्षेत्रमा परमेश्वर महासेठलाई टिकट दिने चर्चा चलेको थियो ।२०७४ सालको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभामा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीलाई पराजित गर्दै लोसपाका वरिष्ठ नेता चुनाव जितेका थिए । सुरुमा नेता निधी महतोको लागि यो क्षेत्र छाडेका थिए । तर महतोले आफ्ना गृह जिल्लाकै पुरानो क्षेत्र नम्बर २ बाटै उम्मेदवारी दिने भएपछि लोसपाले धनुषा ३ मा नेता झा लाई उम्मेदवार खडा गरेका हुन् ।

 

सम्बन्धित खबर