LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा आएर एउटा नयाँ रेकर्ड बनाएको बताएका छन् । गोरखा क्षेत्र नं १ बाट प्रतिनिधि सभाको लागि उम्मेदवारी मनोनयनपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले धेरै ठाउँबाट चुनाव लडेर रेकर्ड बनाएको बताएका हो ।प्रचण्डले गोरखाबाट आफ्ना सहकर्मी डा बाबुराम भट्टराईले चुनाव जितेर अर्थमन्त्री भएको र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि चुनाव लडेकोले आफ्नो लागि यो सुपरिचित जिल्ला रहेको बताए । ‘इतिहासको दृष्टिकोण र आधुनिक नेपालको दृष्टिकोणले पनि गोरखा मेरो लागि सुपरिचित छ,’ उनले भने, ‘मैले यहाँ बसेर भर्खर युवा अवस्थामा अध्यापन गरेको जिल्ला पनि हो ।’ गोरखामै पार्टी हेडक्वाटर राखेर जनयुद्धको तयारी गरेको र पहिलो सैनिक तालिम पनि यही गरेको उनले भने ।यहाँ आउँदा मलाई कहाँ आएँ कहाँ आएजस्तो लागेको छैन,’ उनले भने, ‘परिचित जनता र साथीको बीचमा आएको महसुस गरेको छु ।’उनले देशका धेरै भाग र क्षेत्रबाट चुनाव लडेर आफूले रेकर्ड बनाएको बताएका छन् । ‘मैले पहिला रोल्पा, काठमाडौं, मधेसमा सिरहा, गृहजिल्ला चितवनबाट निर्वाचन लडेको छु । यसरी देशको पूर्वपश्चिम, मधेस(पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ,’ उनले भने, ‘गोरखा आएपछि एउटा रेकर्ड बन्यो भन्ने लागेको हो । गोरखा आउँदा मैले विशेष गर्वको महसुस गरेको हो ।’

 

सम्बन्धित खबर