LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

फाएजा फहमीदा
जनकपुरधाम । वृषेशचन्द्र लाल नेतृत्वको पार्टी तराई मधेश लोकतान्त्रिक पार्टीले महन्थ ठाकुर नेतृत्वको पार्टी लोकतान्त्रिक समाजवादी पार्टीलाई महोत्तरीका कडा चुनौतिक दिने भएको छ ।
महोत्तरीमा लोसपाले उम्मेदवारी दिएका अधिकांश सिटमा आफ्ना उम्मेदवार खडा गरेर तमलोपाले कडा चुनौति दिएका हुन् । लोसपाले सत्तारुढ गबन्धनबाट महोत्तरीमा निर्वाचन क्षेत्र नम्बर २ र ३ भागबण्डामा पाएको छ । क्षेत्र नम्बर ३ बाट लोसपाका अध्यक्ष महन्थ ठाकुरल र क्षेत्र २ बाट वरिष्ठ नेता शरतसिंह भण्डारी उम्मेदवारी दिएका हुन् । यि दुवैलाई चुनावी मैदानमा चुनौति दिन तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र वरिष्ठ नेता डा.विजय सिंह आफै चुनावी मैदानमा उत्रेका हुन् ।


कुनै समय अध्यक्ष ठाकुरको विश्वासिलो पात्र मध्येका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशच्रन्द्र लाल महोत्तरी क्षेत्र नम्बर ३ मै प्रतिनिधी सभामा आईतवार उम्मेदवारी दर्ता गराएका छन् । सोही क्षेत्रमा सत्तारुढ गठबन्धनबाट अध्यक्ष ठाकुरले पनि उम्मेदवारी गराएका हुन् । राजपा निर्माण हुनु अघि तत्कालिन तमलोपाका अध्यक्ष महन्थ ठाकुर थिए भने लाल उपाध्यक्ष रहेका थिए । सो क्षेत्रमा विपक्षी गठबन्धन एमाले र जसपा गठबन्धन बाट जसपाका हरिनारयण यादवले उम्मेदवारी दिएका छन् ।


त्यसैगरि, कुनै समय लोसपाका अध्यक्ष निकट रहेका डा. विजय कुमार सिंह लोसपाका वरिष्ठ नेता शरत सिंह भण्डारी विरुद्ध महोत्तरी क्षेत्र २ को प्रतिनिधी सभाको चुनावी मैदानमा उत्रेका छन् । तत्कालिन तमलोपाका ठाकुर अध्यक्ष हुदाँ डा.सिंह समानुपाति कोठामा संविधान सभा सदस्य भएका थिए ।
त्यसैगरि, महोत्तरी क्षेत्र नम्बर २ को क बाट लोसपाले निर्वतमान प्रदेश सभा सासद जयनुल राईनलाई उम्मेदवार बनाएका छन् । राईनलाई चुनावी चुनौति दिन सो क्षेत्रमा तमलोपाले युवा नेता मोहम्मद ईदरिश राईनलाई मैदानमा उत्रेको छ ।


प्रदेश सभातमलोपा अध्यक्ष लालले ठाकुरजि मधेश मुद्दा छोडेर मधेशी विर सहिदहरुको अपमान गरेकोले उहाँ विरुद्धमा उम्मेदवारी दिएको बताए ।
‘ठाकुर जि बाटो विराउनु भयो, अध्यक्ष लालले भने,‘हामीले मधेशका दलित, जनजाति तथा उत्पीडनमा परेका वर्गहरुको पहिचान र सम्मानको लागि थाले यात्रालाई ठाकुरले छोडेर सत्ता र स्र्वाथले बीच बाटोमै छोडनु भयो । त्यसकारणले हामीले उहाँहरुलाई सचेत गराउन उम्मेदवारी दिएका छौ ।’

सम्बन्धित खबर