LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम । १० औ अन्तराष्ट्रिय बालिका दिवस धनुषामा धुमधामका साथ मनाईएको छ ।
म्धेश प्रदेश सरकारको महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय, युएनएफपिएको सहयोग तथा लाईफ नेपालको तत्वधानमा आयोगना गरिएको अन्तराष्ट्रिय दिवसमा अवसरमा बालिका चित्रकाला प्रतियोगिताको आयोजना गरिएको छ । ‘ अव हाम्रो पालो ः हाम्रो अधिकार, हाम्रो भविष्य’ विषयमा बालिका चित्रकाला प्रतियोगितामा धनुषाका विभिन्न २० वटा विद्यालयका २२ जना छात्रा सहभागि भएका थिए ।
प्रतियोगितामा उत्कृष्ट हुने ४ जनालाई पुरस्कार समेत वित्तरण गरिएको छ । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने जनकपुर संकटमोचन उच्च माविका छात्रा सविता मण्डललाई २ हजार ५ सय सहित प्रशंसा पत्र प्रदान गरिएको छ । त्यसैगरि, दोस्रो हुनेमा जनकपुर ज्ञानकुप माविका साक्षी झा, मावि सोहनीका लक्ष्मी यादवले तेस्रो स्थान प्राप्त गरेकी थिईन ।
कार्यक्रममा युएनएफपिएका काशी पोखेलले बालिकाहरुले बनाएको चित्रलाई प्रशंसा गदै चित्रका माध्यमले बालिकाहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेको बताए ।
कार्यक्रममा अध्यक्षता गरेका तथा लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुरले १० औ बालिका अन्तराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि बनाईएको बताए । अध्यक्ष ठाकुरले बालिका दिवसको अवसरमा आत्मरक्षा तालिम तथा चित्रकाला प्रतियोगिता कार्यक्रम गरिएको बताए । चित्रकाला प्रतियोगितामा बालिकाहरुले चित्रका माध्यले आ आफ्ना प्रतिभा व्यक्त गरेको बताए ।

सम्बन्धित खबर