LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

पर्यावरण अभियन्ता दिलीप महतोको हत्या भएको औरही खोलामा जनप्रतिनिधिकै संरक्षणमा अवैध उत्खनन हुने गरेको पाइएको छ । अबैध रुपमा ग्राभेल, बालुवा तथा ढुंग्ग उत्खन्न गरी विक्रि वितरण गर्दै आएको उपकरणलाई कारबाही नै नगरी छाडेपछि सो रहस्य खुलेको हो ।
असोज १२ गते नगरपालिकाका मेयर महेन्द्र महतोको नेतृत्वमा अनुगमन टोलिले अवैध उत्खनन भइरहेको अवस्थामा औरही खोलाबाट ना १ क ४४४७ नम्बरको जेसीवी १ थान, प्रदेश नं.२—०३—००१ क १९७६ नम्बरको टिपर १ थान, प्र.०३—००१त ७३२३ र प्र.०३—००१त ७३२४ नम्बरको ट्रयाक्टर २ थान नियन्त्रणमा लियो । सो उपकरणहरु इलाका प्रहरी कार्यालयलाई जिम्मा लगायो । मेयर महतो स्वास्थ्य परिक्षणका लागि भारतको दिल्ली पुगेपछि उपमेयर बुढाथोकीले कार्यालयको पत्र काट्दै जरिवाना नै नगरी उपकरण छोडेकि छन् ।
कारवाहीको लागि नियन्त्रणमा लिईएका सवारीसाधनलाई आवश्यक जरिवाना समेत नलिई छोडिएको नगरपालिका कार्यालयले जनाएको छ । क्रसर माफिया संगको मिलोमतोमा उपमेयर बुढाथोकीले अवैध उत्खन्नलाई छुट दिएको कार्यालयकै एक कर्मचारीको दावी छ ।
उपमेर बुढाथोकीले पत्र काट्दै उक्त सवारीसाधन नगरकार्यपालिकाका दसस्य विशेश्वर साह हलुवाईको जिम्मा लगाउन भनेकि छन् । तर सो उपकरण उत्खनन गर्नेले लगेको स्थानीयले बताएका छन् ।खोला तथा चुरे क्षेत्रमा डोजर लगाउँदा ठाउँठाउँमा गहिरो भंगालो बनाएको छ ।
नदीजन्य ठाउँ र वरपरबाट बालुवा, ग्राभेल उत्खन्न, प्रशोधन गर्न नपाइने कानुनी व्यवस्था छ । खोलाको प्राकृतिक बहावको दायाँबायाँ तीन सय मिटर उत्खनन गर्न नपाइने व्यवस्था छ । अवैध उत्खन्न सम्बन्धमा उपमेयर बुढाथोकीले केही बोल्न मानिन् ।
सो ही खोलामा तीन वर्ष अघि अवैध उत्खन्न रोकाउन पुगेका मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतोको हत्या गरिएको थियो ।

सम्बन्धित खबर