LIVE
मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन | धनुषा–३ मा चुनावी सरगर्मी ः जुलीकुमारी महतोको बजार केन्द्रित घरदैलो | प्रदेश सभामुख यादवको योगदानलाई कदर गर्दै ‘महामूर्ख’ उपाधि | जनमतका पुर्व विदेश विभाग प्रमुख काँग्रेसमा प्रवेश | निर्वाचनका लागि तीन दिन धनुषामा सिमानाका र रेल बन्द | शान्तिपूर्ण मतदानका लागि महोत्तरीमा सर्वदलीय सहमति, होली मनाउन पनि मर्यादा | उम्मेदवार नै अर्कै पार्टीमा प्रवेश गरेपछि आफ्ना एजेण्डमा लिखित प्रतिवद्धता जनाउने उम्मेदवार वा पार्टीलाई समर्थन गर्ने रामुपाको घोषणा |

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत स्थानीय तहको निर्वाचनको मतपरिणाम देखेर आफूले गोरखामा उम्मेदवारी दिएको बताएका हुन ।शुक्रबार गोरखाको पाटेचौर स्थित पार्टी कार्यालयमा आयोजित निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा गोरखाका अधिकांश पालिका माओवादीले जितेका कारण पनि आफू गोरखा आउने वातावरण बनेको बताएका छन ।

गत स्थानीय तह निर्वाचनको ब्याटलमा तपाईंहरुले जस्तो परिणाम निकाल्नुभयो, म गोरखा आउनुमा एउटा कारण त्यो पनि हो’, उनले कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘तपाईंहरु सबै चुनाव हारेको भए म यहाँ आउने वातावरण बन्थ्यो कि बन्दैन्थ्यो पालिका हारेको ठाउँमा अध्यक्ष के आउने भन्ने पथ्यो कि परिस्थितिको सुक्ष्म अध्ययन गरेर हेडक्वार्टरको विशेष टिमले गोरखा जान उपयुक्त छ भनेपछि आफू गोरखा आएको प्रचण्डले बताए । ‘

विशेष गरी हाम्रो उपाध्यक्ष कम्रेड नारायणकाजी श्रेष्ठ र म बसेर छलफल गर्दा गोरखा जानु नै ठीक छ, रुपान्तरणको निम्ति नयाँ आधार खडा गर्न सकिन्छ भन्ने लाग्यो, गोरखा जानुपर्छ भनेर नेतृत्व तहले पनि भन्यो, तपाईंहरुले पनि आइदिनुपर्‍यो भन्नुभयो सबै तालमेल मिलेको हो’, प्रचण्डले बताए ।पहिले गोरखा–१ बाट नाम सिफारिस भए पनि निर्वाचन क्षेत्र नम्वर २ बाट उम्मेदवारी दिएको उनले बताए ।

गोरखा आउनुपर्‍यो भनेर सबैभन्दा पहिले गोरखा–१ बाट सिफारिस आएको हो, १ नम्बरका साथीहरुले बढी भन्नुभएको मैले सम्झिरहेको छु, तर पछि विविध कारणले २ नम्बरमा अलि सजिलो हुन्छ भनेर कमरेडहरुले भनेपछि म २ मा आएको हुँ, तर मलाई १ वा २ नम्बरमा नसोचेर समग्र गोरखा जिल्लामा आएको सम्झिदिनुहोला’ उनले भने ।

सम्बन्धित खबर