LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

पवित्र एतिहासिक स्थल जनकपुरधाम जहाँ सीताजीको जन्म भएको त्यो ठाउँबाट पवित्र मनका साथ देशमा लागेका ग्रहणलाई हटाउँन निमित धनुष क्षेत्र न.३ बाट पाँचदलिय गठबन्धनका उम्मेदवार भई चुनाव लडन आएको लोसपाका कार्यकारणी सदस्य अनिल कुमार झाले शनिवार आयोजना  गरिएको नगर स्तरीय कार्यकर्ता भेलामामा यसो भनेका हुन । गठबन्धनका साथीले गठबन्धनको सम्मान गरि देशका सबै गठबन्धनका नेताका विचार र लक्ष्यको सम्मान गर्ने बेला रहेको उनले बताए ।

लोसपाका पार्टी केही नेताले संगठन विपरित कार्य गरेकाले उनीहरुलाई पाटीले कार्यवाही गरि बाहिर निकालिएको उनले बताए । शेरबहादुर देवलाई प्रधानमंन्त्री बनाउँन निमित गठबन्धनलाई वोट दिन जरुरी रहेको उनले बताए । गन्तन्त्रका लागी नेपाली काग्रेसले दिएको बलिदान र हाल गठबन्धनका विचारले देशलाई दुर्घटनाबाट जोगाउँन आजको प्रस्थिती रहेको नेपाली काँग्रस क्षेत्र न.३ क बाट उम्मेदवार रामसरोज यादवले भनेका छन ।

१ अर्ब हिन्दुहरुको अस्थाको केन्द्र रहेको जनकपुरधाममा एमाले र जसपाको गठबन्धनले सहीदहरुको अपमान गरि देशलाई बिनासको बाटोमा लैजाने राजनितिक गरिरहेको उनले बताए । आपसी एकताले गठबन्धन बलियो हुन्छ , अनिल कुमार झा हामी सबैको साझा उम्मेदवार हो उनलाई जिताउनु हाम्रो दायित्व रहेको धनुषा क्षेत्र न. ३ ख बाट उम्मेदवार प्रमेश्वर साहले बताएका छन ।

विपक्षी पैसाले उत्तम होला तर हामी गठबन्धका नेता कार्यकर्ता जनताको सामु राम्रो विचार राखेर जान्छौ उनले बताए । कार्यक्रममा लोसपा नेपालका नगर अध्यक्ष मनोज कुमार चौधरी, नेपाली काँग्रेसका नेता जिवनाथ चौधरी , नेका पूर्व हज कमिटी अध्यक्ष मो. सोएब रेजा नेकपा एसका नेता शेष हसन, मओवादी नेता महनजी यादव लगायतका नेताहरु उपस्थित रहेका थिए ।

सम्बन्धित खबर