LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । दीपावलीको अवसरमा जनकपुरधामा करेन्ट लागेर दुई युवकको ज्यान गएको छ ।
दीपावलीको लागि घरमा इलेक्ट्रिक बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा दुई युवकको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका –९ बेल्ही बस्ने सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादव र जनकपुरधाम–२२ बसबिट्टी बस्ने नवल मिश्रका १९ वर्षीय छोरा अमित मिश्र रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक क्षेत्रीले जानकारी दिए ।
प्रवक्ता क्षेत्रीका अनुसार मिश्रको सोमवार साँझ घरमा विद्युतिय बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । आईतवार नै करेन्ट लागेर गम्भिर घाईते भएका यादवको सोमवार दिउँसो जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक दुबै जनाको शव पोष्टमार्टम पश्चात परिवारजनको जिम्मा लगाइएको उनले बताए ।

सम्बन्धित खबर