LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

बेलायतको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ।
मङ्गलबार बेलायती संसद भवनमा भएको उक्त भेटका अवसरमा उनीहरूबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषय विशेष गरी दुई देशका सांसद्बीच भ्रमण तथा अनुभवको आदानप्रदान, भूपू गोर्खासम्बन्धी विषयमा विचारको आदानप्रदान भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।
भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल सहभागी थिए।
यस्तै सोमबार बेलायतको संसद्मा रहेको बेलायत–नेपाल मैत्री समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्माले अध्यक्ष तिमिल्सिनाको सम्मानमा आयोजना गरेको दिवाभोजमा पनि अध्यक्ष तिमिल्सिना सहभागी भए। रासस

सम्बन्धित खबर