LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

हिन्दु धर्माल्मबीहरुले सूर्य भग्वान एवम् दिनानाथको पूजाअर्चना गरी अत्यन्त नियमनिष्ठापूवर्क मनाइने छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ ।दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियमनिष्ठाकासाथ खीर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यहरुलाई खान दिने चलन छ ।

सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने छठ ब्रतालुहरुले नुहाएर अरबा अरबाईन एवं चोखो खाने खाएका कुरा खाएपछि शुक्रबार विधिवत रुपमा सुरु भएको हो । भोली आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यको अर्घ दिइन्छ ।चारदिनसम्म मुख्य विधि गरि मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोश्रो दिन प्रसादको रुपमा खीर ग्रहण गरी खरना गर्ने, तेश्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि समापन हुने गर्दछ ।

सम्बन्धित खबर